अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशनको बन्दशत्र सुरु

एमाले महाधिवेशनको बन्दशत्र सुरु


चितवन – नेकपा एमालेको १०औं महाधिवेशनको बन्दशस्त्र सुरु भइसकेको छ । चितवनको सौराहास्थित होटल सेभेन स्टारको बन्द शत्र सुरु हुने हलमा अध्यक्ष केपी शर्मा ओली पुग्नुभएको छ ।

बन्दशत्रको उद्घाटन सत्रमा एमाले महाधिवेशनको निमन्त्रणामा नेपाल आएका विदेशी पाहुनाहरुले सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सम्बोधन गर्नु हुने छ । महाधिवेशनको बन्दशत्रले एमाले केन्द्रीय कमिटीको बैठकले शुक्रबार साँझ गरेको विधान संशोधनलाई पनि अनुमोदन गर्ने तयारी एक नेताले जानकारी दिनुभयो ।

बैठकले १०औं महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप गरेको थियो ।

शुक्रबार सुरु भएको एमाले महाधिवेशनमा शनिबार नै उम्मेदवारी मनोनयनको कार्यक्रम छ ।