अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाँच घण्टा ढिलो गरी एमालेको बन्दसत्र सुरू (तस्वीरहरू)

पाँच घण्टा ढिलो गरी एमालेको बन्दसत्र सुरू (तस्वीरहरू)


चितवन – नेकपा एमालेको १०औँ महाधिवेशनको बन्द सत्र सुरु भएको छ । चितवनको होटल सेभेन स्टरमा निर्धारित समायभन्दा पाँच घण्टा ढिलो गरी बन्द सत्र सुरु भएको हो ।

बन्द सत्रको सञ्चालन महासचिव ईश्वर पोखरेलले गर्नुभएको छ ।

केन्द्रीय पदाधिकारी र सदस्यहरूमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासका कारण बन्द सत्र लम्बिएको एमाले नेताहरूले बताएका छन् । बन्द सत्रलाई विदेशबाट बोलाइएका अथितिहरुले सम्बोधन गर्ने छन भने विभिन्न देशका नेताहरूबाट आएका शुभकामना सन्देश पढेर सुनाउने कार्यक्रम रहेको छ । बन्द सत्रलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिसक्नुभएपछि बन्द सत्रको हल अध्यक्ष मण्डललाई हस्तान्तरण गरिने कार्यक्रम छ ।