अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशै एमालेमय छ, एमाले ओलीमय हुने भइहाल्यो : गोकुल बास्कोटा

देशै एमालेमय छ, एमाले ओलीमय हुने भइहाल्यो : गोकुल बास्कोटा


सौराहा – नेकपा एमालेका नेता गोकुल बास्कोटाले देशै एमालेमय भएका बेला एमाले ओलीमय हुने बताउनुभएको छ ।

बास्कोटाले अध्यक्षमा सहमति भएन भने पदाधिकारी थपेको कुनै अर्थ नरहेको बताउनुभयो ।

‘प्रतिस्पर्धा गर्न मिल्छ, लोकतान्त्रिक पद्वति हो । तर डेफिन्ट्ली ओली अध्यक्ष हुनुहुन्छ । देशै एमालेमय भएको छ । ओलीमय छ । एमाले त ओलीमय भइहाल्यो नि’ बास्कोटाले भन्नुभयो ।

नेता बास्कोटाले एमालेलाई ठीक हुन्छ आफ्नो उम्मेदवारी त्यही हुने उहाँले बताउनुभयो । ‘मेरो उम्मेदवार एमालेलाई जहाँ ठीक हुन्छ त्यहीँ । सर्वसम्मत एमालेले बनाउने, चुनाव भए कार्यकर्ताले बनाउने छन्,’ उहाँले भन्नुभयो ।