अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका नीति नै राष्ट्रिय नीति हुन्  : अध्यक्ष ओली  

एमालेका नीति नै राष्ट्रिय नीति हुन्  : अध्यक्ष ओली  


चितवन – एमालेको १०औं महाधिवेशनअन्तर्गत जारी बन्द सत्रमा अध्यक्ष ओलीले आफ्नो पार्टीका नीतिहरू नै राष्ट्रिय नीति भएकोको बताउनुभयो ।

‘आज एमालेका नीति नै राष्ट्रिय नीति हुन्। पाँच दलीय गठबन्धनले लागू गरेन भने उसको गल्ती हो। गठबन्धनको सरकारले सन्तुलित कूटनीति कायम गरेन। यो पनि उसको गल्ती हो,’ अध्यक्ष ओलीले भन्नुभयो।

प्रतिक्रियावादी र तिनका पिछलग्गुको षडयन्त्रले दूरगामी असर पारेको अध्यक्ष ओलीको आरोप छ । ‘हामी सुखी नेपाली, सम‌ृद्ध नेपालको अभियानमा छौं । समृद्धि सामाजिक समानता, सद्भाव, राष्ट्रिय एकताको पक्षमा रहेका शक्तिसँग एकता हुन्छ । यसविरुद्धका प्रतिक्रियावादी शक्तिसँग कठोर संघर्ष गर्छौ,’ ओलीले भन्नुभयो ।