अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेरो जीवनको ठेगान छैन, तर युवा पंक्तिमा राष्ट्र निर्माणको भविष्य देखेको छुः अध्यक्ष ओली

मेरो जीवनको ठेगान छैन, तर युवा पंक्तिमा राष्ट्र निर्माणको भविष्य देखेको छुः अध्यक्ष ओली


चितवन– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो जीवनको ठेगान नभए पनि एमालेको नयाँ पंक्तिप्रति आफू आशावादी भएको बताउनुभएको छ ।

चितवनको सौराहामा भएको एमाले महाधिवेशनको बन्द सत्रलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले भावुक मन्तव्य पनि दिनुभएको हो । ‘म दुई दुई पटक मृर्गौला फेरेको, जीर्ण शरीर भएको व्यक्ति हुँ,’ उहाँको भनाइ थियो, ‘तर नयाँ पुस्ताको अनुहारमा मैले राष्ट्र निर्माणको भविष्य देखेको छु, यस्तो पार्टीको अध्यक्ष हुन पाएकोमा मलाई गर्व छ ।’

उहाँले पार्टीलाई एकतापूर्ण ढंगले अगाडि वढाएको भन्द नेता र कार्यकर्तालाई धन्यवादसमेत दिनुभयो । ‘म कति बाँच्छु भन्न सक्दिन, धेरैपटक मरेर बाँचेर आएको छु, तपाईहरुलाई देखेरै मलार्इ निद्रा लाग्छ खाना रुच्छ र देशको भविश्य सुरक्षित देख्छु,’ ओलीले बन्द सत्रमा भने ।

अध्यक्ष ओलीले आफ्नो पार्टीका नीतिहरूनै राष्ट्रिय नीति भएकोको बताउनुभयो । ‘आज एमालेका नीति नै राष्ट्रिय नीति हुन्। पाँच दलीय गठबन्धनले लागू गरेन भने उसको गल्ती हो। गठबन्धनको सरकारले सन्तुलित कूटनीति कायम गरेन। यो पनि उसको गल्ती हो,’ उहाँको भनाइ थियो ।

प्रतिक्रियावादी र तिनका पिछलग्गुको षडयन्त्रले दूरगामी असर पारेको ओलीको आरोप छ । ‘हामी सुखी नेपाली, सम‌ृद्ध नेपालको अभियानमा छौं । समृद्धि सामाजिक समानता, सद्भाव, राष्ट्रिय एकताको पक्षमा रहेका शक्तिसँग एकता हुन्छ । यसविरुद्धका प्रतिक्रियावादी शक्तिसँग कठोर संघर्ष गर्छौ,’ ओलीले भन्नुभयो ।

अध्यक्ष ओलीले पार्टीभित्र प्रतिस्पर्धा नभइ एकता गरेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘विपक्षीसँग प्रतिस्पर्धा गरौं, पार्टीभित्र एकता गरौं ।’

अध्यक्ष ओलीले एमालेबाट अन्य दलहरुले समेत सिक्न थालेको भन्दै एमालैकै मोडलमा एकैपटक तल्ला तहका कमिटीहरुका अधिवेशन गर्न सुरु भएको बउनुभयो ।