अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तहका १,६१३ कर्मचारीको सरुवा

स्थानीय तहका १,६१३ कर्मचारीको सरुवा


काठमाडौं – सरकारले स्थानीय तहका १ हजार ६१३ जना कर्मचारीको एकै पटक सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भइ कार्यरत १ हजार ६१३ कर्मचारीको एकैपटक सरुवा गरेको हो ।

लोकसेवा आयोगको सिफारिसमा ‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीको व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७’ अनुसार मन्त्रालयले कर्मचारीको अन्तर स्थानीय तहमा सरुवाको सूची मंगलबार सार्वजनिक गरेको हो ।

नयाँ संविधान जारी भएपछि लोकसेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण भई नियुक्त भएका स्थानीय तहका कर्मचारीहरुलाई मात्रै मन्त्रालयले सरुवा गरेको हो । सरुवा भएर हिड्ने र जाने दुवै स्थानीय तहको सहमतीमा मात्रै काजको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

मापदण्ड पूरा नगरेकाहरुलाई सरुवा नगरिएको मन्त्रालयले जनाएको छ । निवेदन दिएपनि सरुवाको निर्णय नभएका कर्मचारीहरुको हकमा कारणसहित निर्णय भएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।