अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कस्तो छ एमालेको केन्द्रीय कमिटी बैठक स्थल ? (फोटो फिचर)

कस्तो छ एमालेको केन्द्रीय कमिटी बैठक स्थल ? (फोटो फिचर)


काठमाडौं– नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक शनिबारदेखि भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम्स् हस्पिटालिटीमा बस्दैछ ।

महाधिवेशनस्थलमा बसेको पहिलो औपचारिक बैठकपछि एमालेको १५ वटाभन्दा बढी एजेन्डामा एमालेको विस्तारित केन्द्रीय कमिटी बैठक बस्दैछ । नयाँ केन्द्रीय सदस्य मनोननय, जिम्मेवारीलगायतका महत्त्वपूर्ण एजेन्डासहित एमालेले गर्ने बैठक स्थलबारे पनि चासो भइरहेको छ ।

बल्खु र धुम्बाराहीमा आफ्नै कार्यालयमा केन्द्रीय कमिटी बैठक बस्ने गरेकोमा थापाथलीमा सरेपछि च्यासलमा बैठक बस्दै आएको थियो । तर, केन्द्रीय सदस्यहरुको संख्या बढेपछि एमालेले नयाँ बैठकस्थल खोजेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

सौराहामा महाधिवेशन गरेर स्थानीय पर्यटनलाई प्रवर्द्धन गरेको एमालेले काठमाडौंको चक्रपथ बाहिर केन्द्रीय कमिटी बैठक गरेर भक्तपुरमा सुरु भएको नयाँ बिजनेसलाई बढावा दिएको छ । एमाले बैठकसँगै जर्मन होम्स् हस्पिटालिटीले पहिलो भीभीआईपी इमेन्सबाट सानदार व्यवसायिक यात्रा सुरु गर्दैछ ।

हस्पिटालिटी क्षेत्रमा प्रवेश गरेको जर्मन होम्स् हस्पिटालिटीका कार्यकारी निर्देशक राजन कार्कीले पनि व्यवसायिक प्रवद्र्धनमा एमाले बैठकले ठूलो सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । ‘एमालेको क्रेज देशव्यापी नै बढिरहेकाबेला ठूलो कार्यक्रम गर्ने अवसर पाउनु हाम्रो लागि सुखद हो,’ उहाँले भन्नुभयो ।

जर्मन प्रविधिमा दशकौं अघि निर्माण भएको १६ रोपनी क्षेत्रफलमा रहेको बंग्लोको नाममा जर्मन होम्स् हस्पिटालिटी नाम दिइएको हो ।


जर्मन होम्स् हस्पिटालिटीले बैठकका लागि गम्भीरतापूर्वक तयारी गरिरहेको छ । साझेदार सञ्चालहरु आफैँ कार्यक्रम तयारीमा उत्रनुभएको छ भने समग्र टिमलाई ट्रेन गराइएको छ ।

निर्माणाधीन अवस्थामा नै एमाले बैठक आयोजना गर्नु चुनौतीपूर्ण रहे पनि सहजरुपमा पूरा गर्ने कार्कीको विश्वास छ । एमाले बैठक हुने कक्षमा चार सय जनाको क्षमता छ । एमाले केन्द्रीय कमिटी संख्या ३०१ छ । हाइटमा रहेकाले भक्तपुरको मनोरम दृश्य, पर्याप्त पार्किङ स्थल होटलका विशेषता हुन् ।

कार्कीका नुसार बैठकका लागि चिया कफी र हाई टी (खाजा)  मात्र अर्डर छ । अर्डर भएको अवस्थामा करिव ५ सय जनाका लागि लञ्च/डिनर गराउन सक्ने अवस्थामा रहेको उहाँको भनाइ छ । ‘हामी राम्रो भन्दा राम्रो सेवा दिन तयारी अवस्थामा छौं,’ कार्यकारी निर्देशक कार्कीले भन्नुभयो, ‘बैठकपछि स्थानीय बजारमा पनि हाम्रो उपस्थिति बलियो हुनेछ ।’ जर्मन होम्सले पाँच तारे स्तरको सेवा दिने क्षमता रहेको कार्कीको दाबी छ ।

बैठकका लागि लोकन्थलीदेखि गठ्ठाघरस्थित बैठक स्थलसम्म एमाले पार्टीको झण्डा र चुनाव चिन्ह अंकित झण्डा फहराइएको छ ।

कसरी पुगिन्छ जर्मन होम्स ?
कोटेश्वरदेखि बनेपा जाने ६ लेन सडकबाट करिव साढे तीन किलोमिटरमा गठ्ठाघर पुगिन्छ । गठ्ठाघर चोकदेखि बायाँतर्फको सर्भिस ट्र्याकबाट करिव सय मिटर अगाडि जर्मन होम्समा पुगिन्छ ।