संखुवासभा – स्थानीय तहको आगामी निर्वाचन एकै पटक हुने प्रमुख निर्वाचन आयुक्तमा दिनेश थपलियाले बताउनुभयो । गृह जिल्ला संखुवासभामा प्रमुख आयुक्त थपलियाले अघिल्लो स्थानीय तहको निर्वाचन तीन चरणमा गरिएको भए पनि यस पटक देशैभर एकै चरणमा गरिने उहाँले बताउनुभयो ।
आगामी वैशाख भित्रै स्थानीय तहको निर्वाचन गराउन आयोगले तयारी थालिसकेको उहाँले बताउनुभयो। राज्यको खर्च कम गराउन देशैभर एकै र एउटै समयमा स्थानीय तहको निर्वाचन गराउन आयोगले आवश्यक तयारी गरिरहेको उहाँले बताउनुभयो ।
राजनीतिक अनुकूलता र प्रशासनिक खर्चलाई कम गर्न एकैसाथ निर्वाचन हुने आयुक्त थपलियाको भनाइ छ । निर्वाचन आयोगले यो पटक आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गरी मतदान गर्न सकिने व्यवस्था मिलाएको आयुक्त थपलियाले बताउनुभयो ।
संखुवासभा जिल्लामा हाल सञ्चालन भइरहेको मतदाता नामावली संकलन र व्यवस्थापनका विषयमा छलफल गर्न खाँदवारी आज आइपुगेका थपलियाले आयुक्त थपलियाले पत्रकारसँग कुराकानी गदै स्थानीय तहको ५ वर्षे पदावधि जेठ ५ गते सकिने र दुई महिना अगाडी निर्वाचन गराउने कानुनी बाल्यावस्था भएकाले २०७९ वैशाख महिनासम्म निर्वाचन गराउने उनले बताउनुभो।
निर्वाचन आयोगले राजनीतिक अनुकूलता, प्रशासनिक बन्दोबस्त हेरेर आयोगको तर्फबाट हुने खर्चलाई मध्यनजर गरेर एकै पटक निर्वाचन गराउन लागिएको आयुक्त थपलियाले बताउनुभयो ।







प्रतिक्रिया