अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

खुकुरीसहित तीन पक्राउ

खुकुरीसहित तीन पक्राउ


तुलसीपुर – दाङको तुलसीपुरबाट खुकुरीसहित तीन जनालाई पक्राउ गरिएको छ । तुलसीपुरको बसपार्कबाट दुई थान खुकुरी र अर्को एकथान धारिलो हतियारसहित तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो ।

उहाँका अनुसार पक्राउपर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क निवासी १९  वर्षीय अजय मियाँ, रानीजरुवाका समीर विक र मासु मार्केटका कोरेस विक रहेका छन् । तुलसीपुरमा आफूमाथि कुटपिट गरेको बदला लिनका लागि आक्रमण गर्ने तयारी गरिरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।