अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता, के-के विषयमा भयो कुराकानी ?

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता, के-के विषयमा भयो कुराकानी ?


काठमाडौं-प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता भएको छ।

भेटवार्तामा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा सञ्चालन भइरहेका खोज, उद्धार, राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे विस्तृत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार भेटका क्रममा प्रभावित नागरिकहरूको उद्धार, राहत सामग्री वितरण, अस्थायी व्यवस्थापन तथा क्षति पुगेका भौतिक संरचनाको पुनःस्थापनासम्बन्धी विषयमा समेत विचारविमर्श भएको थियो।

भेटमा प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको सुरक्षा, राहत सामग्रीको सहज पहुँच तथा पुनःस्थापनाका कार्यलाई प्रभावकारी बनाउन सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराएका थिए। साथै, प्रभावित क्षेत्रका नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उनले बताएका थिए।

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाका कार्यलाई अझ प्रभावकारी बनाउने विषयमा दुवै नेताबीच सकारात्मक छलफल भएको बताइएको छ।