अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा चार विघाको धान नष्ट

झापामा चार विघाको धान नष्ट


झापा – झापाको गौरीगञ्जका एक किसानको चार बिघामा फलाएको धान जलेर नष्ट भएको छ ।

गौरीगञ्ज गाउँपालिका-६ खजुरगाछीका राजन महतोले काटेर राखेको धानको थुप्रोमा गए राती आगलागी भएको हो । आगलागीबाट सम्पूर्ण धान जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय गौरीगञ्जको प्रहरी टोली तथा स्थानीयवासी मिलेर आगो निभाएका प्रहरी निरीक्षक राकेश रेग्मीले जानकारी दिनुभयो ।

धान काटेर चुट्न राखेको थुप्रोमा आगलागी भएको हो । आगलागीबाट रु.दुई लाख ५० हजारभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।