अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ताप्लेजुङ समाजले पुस १० गते काठमाडौंमा ‘चासोक तङ्नाम’ मनाउँदै

ताप्लेजुङ समाजले पुस १० गते काठमाडौंमा ‘चासोक तङ्नाम’ मनाउँदै


काठमाडौं- ताप्लेजुङ समाज नेपालले काठमाडौंमा किराँत समूदायको मौलिक चाड ‘चासोक तङ्नाम’ मनाउने भएको छ ।

ताप्लेजुङ घर भइ हाल काठमाडौं बसोबास गर्दै आएका समूदायलाई मध्यनजर गर्दै किराँत लिम्बु समुदायको मौलिक चाड चासोक तङ्नाम मेला (उधौली पर्व) को आयोजना गर्न लागिएको संस्थाका कार्यवाहक अध्यक्ष रमेश बरालले जानकारी दिए।

विशेष गरेर यस संस्थाले ताप्लेजुङमा बसोवास गर्ने विभिन्न जातजाति विशेष भाषा, संस्कृति, भेषभूषा, रीतिरीवाज तथा मौलिक चाडपर्वहरूको संरक्षण गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आएको छ। त्यसकै निरन्तरता स्वरुप चासोक तङ्नाम मेला आयोजना गर्न लागिएको बरालको भनाइ छ ।
उक्त कार्यक्रम पुस १० गते काठमाडौंको धुम्बाराहीस्थित एसआर पार्टी प्यालेसमा परम्परागत भेषभूषा तथा सांस्कृतिक झाँकीसहित मनाउन लागिएको हो । आयोजकले परम्परागत धर्म संस्कृति र रीतिरिवाजप्रति नयाँ पुस्तालाई प्रेरित हुनेगरी आयोजना गर्न लागिएको पनि जानकारी गराएको छ ।

पर्वमा फुड फेस्टिवलमार्फत परम्परागत खानाका परिकारको स्वाद चाख्न पाइने यस्तै हस्तकलाका सामग्री अन्र्तगत ढाका कपडा,राडी,पाखी,गलैंचा,छूर्पी र अलैंची जस्ता घरमा कोशेली लान मिल्ने सामग्रीको स्टल समेत राखिने ताप्लेजुङ समाजले जनाएको छ । चासोक तङ्नाम (न्वागी) पूजा उधौली याममा बालीनाली भित्र्याउने बेलामा सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ ।

कार्यक्रममा परम्परागत खानाका परिकार, ताप्लेजुङमा उत्पादित हस्तकलायुक्त सामग्रीहरू, ढाका, राडी, पाखी, गलैँचा आदिको अवलोकन गर्न पाइने पनि आयोजकले जनाएको छ । यस्तै झाँक्री नाच, धान नाच, बिजुवा नाच, च्याब्रुङ नाच, याक नाच, स्याब्रो नाच, तामाङ सेलो, साकेला नृत्य, बालन, सँगिनी जस्ता धार्मिक साँस्कृतिक प्रस्तुति रहने आयोजकको भनाइ छ।

Skip This