अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली विराटनगरमा (फोटो फिचरसहित)

अध्यक्ष ओली विराटनगरमा (फोटो फिचरसहित)


विराटनगर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा र मोरङमा तीन दिने कार्यक्रमका लागि विराटनगर आउनुभएको छ ।

यति एयरलाइन्सबाट दिउँसो साढे १ बजे विराटनगर विमानस्थल ओर्लनुभएका अध्यक्ष ओली सिधै उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको २० औं साधारणसभा उद्घाटन गर्न जाँदै हुनुहुन्छ । विमानस्थलमा ठूलो संख्यामा पार्टी नेता कार्यकर्ताले अध्यक्ष ओलीलाई स्वागत गरेका छन् ।

अध्यक्ष ओली आजै जिल्ला पार्टी कार्यालयले झापाले आयोजना गरेको सम्मान गर्ने कार्यक्रममा सहभागी विर्तामोड जानुहुनेछ ।

एमाले जिल्ला कमिटी झापाले केन्द्रीय अध्यक्ष ओली देखि हालै निर्वाचित पार्टीका वडा अध्यक्षसम्मलाई सम्मान गर्ने कार्यक्रम राखेको छ । विर्तामोड मै अनेरास्ववियूको सचिवालय बैठकलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष एवं पार्टी केन्द्रीय सदस्य सुनिता बरालले जानकारी दिनुभयो ।

आज अध्यक्ष ओली आफ्नो निर्वाचन क्षेत्र दमकमा बास बस्नुहुनेछ ।