अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीन आरोपि पक्राउ

तीन आरोपि पक्राउ


सप्तरी – दुई बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा सप्तरी प्रहरीले तीन आरोपितलाई आज पक्राउ गरेको छ। बलात्कार प्रयासको आरोपमा सप्तरीको शम्भुनाथ नगरपालिका–११ लहरनियाका २५ वर्षीय परमेश्वर चौधरी, २२ वर्षीय देवा चौधरी र २० वर्षीय रामविलाश चौधरीलाई पक्राउ परेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जानकारी जनाएको छ ।

बलात्कार प्रयास गरेको भन्दै पीडितका मामा र बुबाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा भदौ ९ गते संयुक्त उजुरी दिनुभएको थियो । पीडितका अनुसार लहरनियास्थित पूर्वपश्चिम डगर बाटोमा रहेको पोखरीदेखि उत्तरको आँप बगैँचामा भदौ ६ गते राति आरोपितले बलात्कार प्रयास गरेका हुन् ।

शम्भुनाथ नगरपालिका–१२ अर्नाहामा लागेको कृष्ण झुलाको मेला र सांस्कृतिक कार्यक्रम हेरेर किशोरी फर्किँदै थिए । डोरीको पासो लगाइ आरोपितले  बलात्कार प्रयास गरेपछि उनीहरू भागेर गाउँ पुगेको पीडितले बताउनुभयो । इलाका प्रहरी कार्यालय कल्याणपुरले भदौ ९ गते नै उजुरी दर्ता गरेको र पक्राउ परेका आरोपितलाई म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक उमाशङ्करप्रसाद साहले बताउनुभयो ।