अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंको गुर्जुधारा यातायात कार्यालयबाट ९ विचौलिया पक्राउ

काठमाडौंको गुर्जुधारा यातायात कार्यालयबाट ९ विचौलिया पक्राउ


काठमाडौं – प्रहरीले यातायात व्यवस्था विभाग काठमाडौंको गुर्जुधारास्थित कार्यालयबाट नौ जना विचौलियालाई पक्राउ गरेको छ ।

लाइसेन्स, ब्लुबुक अन्य विविध कागजातहरुको राजस्व तिर्न गएका सर्वसाधारणसँग बढी दस्तुर लिन खोजेको र छिटो काम गरिदिने भन्दै जबरजस्ती पैसा असुलेपछि ९ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सेवा लिन आएका सर्वसाधारणलाई हैरानी दिएको गुनासो आएपछि महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षको टोलीले उनीहरुलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त थानकोटमा पठाएको छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताउनुभयो ।