अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नौ वर्षदेखि फरार अभियुक्त पक्राउ

नौ वर्षदेखि फरार अभियुक्त पक्राउ


अर्घाखाँची – प्रहरीले ९ वर्षदेखि फरार रहेका एक जना अभियुक्तलाई पक्राउ गरेको छ । अनुमति विना नै रुख काटेको मुद्दामा २०६९ मा जिल्ला अदालत अर्घाखाँचीबाट ४२ हजार ५९२ रुपैयाँ जरिवाना फैसला भए पनि फरार रहेका शितगंगा नगरपालिका-११ सिद्धाराका बखानसिंह आले पक्राउ परेका हुन्।

पक्राउ परेका आलेसँग जरिवाना असुल समेत गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख अमर थापाले जानकारी दिनुभयो।