अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्षा र हिमपातले हिमाली र पहाडी भेगको हवाई सेवा अवरुद्ध

वर्षा र हिमपातले हिमाली र पहाडी भेगको हवाई सेवा अवरुद्ध


काठमाडौं – वर्षा र हिमपातका कारण हवाइ उडान प्रभावित भएको छ । पहाडी तथा हिमाली क्षेत्रका विमानस्थलमा हिउँ पर्दा हवाइ उडान प्रभावित भएको हो ।

यति एयरलाइन्सले बुधबारको लागि लुक्लाका सबै उडान रद्द गरेको छ। मौसम खराबीकै कारण डोल्पा र सिमीकोट उडान रद्द भएको यति एयरलाइन्सले जानकारी दिएको छ ।

तराईको विमानस्थलमा उडान सुरु भएको छ भने पहाडी भेगमा भिजिबिलिटी कम र हिउँ पर्दा उडान हुन सकेका छैनन्। बुधबार पोखरामा ६ उडान तालिका रहेकोमा ३ उडान रद्द भइसकेका छन्।

बुद्ध एयरले पनि आफ्ना उडान प्रभावित भएको उल्लेख गरेको छ। उडानको जानकारीको लागि बुद्ध एयरको मोबाइल एपमार्फत हेर्न सकिने जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला देशका धेरैजसो स्थानमा वर्षात् भइरहेको छ भने हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको छ।