अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ बसपार्क सामूहिक बलात्कार प्रकरणमा थप एक जना पक्राउ

नयाँ बसपार्क सामूहिक बलात्कार प्रकरणमा थप एक जना पक्राउ


काठमाडौं – काठमाडौंको नयाँ बसपार्कमा भएको सामूहिक बलात्कार प्रकरणमा थप एक जना पक्राउ परेका छन् । यसअघि ८ जनालाई पक्राउ गरेको थियो । योसँगै पक्राउ पर्नेको संख्या ९ पुगेको छ ।

ललितपुरबाट थप एक जनालाई बुधबार पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर टेकुले जनाएको छ। योसँगै प्रकरणमा संलग्न सबै जना पक्राउ परेका छन् ।

मंगलबार अपरान्ह महानगरीय प्रहरी प्रभाग, बसपार्कमा ३३ वर्षीया वर्षीयाले आफूमाथि सामूहिक बलात्कार भएको भन्दै उजुरी दिएको थियो । उनको उजुरीमाथि अनुसन्धानका क्रममा बुधबार बिहानसम्म ८ जना पक्राउ परेका थिए ।

पीडित महिलाको मंगलबारै प्रसुति गृहमा स्वास्थ्य जाँच गरिसकिएको छ ।