अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कुमारी बैंकलाई पैसा ह्याक गर्ने धम्कीपूर्ण इमेल

कुमारी बैंकलाई पैसा ह्याक गर्ने धम्कीपूर्ण इमेल


काठमाडौं – एक ह्याकरले कुमारी बैंकको सबै सिस्टम ह्याक गर्ने धम्की दिएको छ । साउदी ग्रुप नाम गरेको इमेलबाट बैंकको सूचना प्रविधि शाखामा सबै सिस्टम नै ह्याक गरिदिने धम्की दिएको बताएको छ छ ।

बिहीबार बिहान यस्तो धम्कीपूर्ण इमेल आएपछि बैंकले सबै सिस्टम बन्द गरेको थियो ।

बिहीबार बिहान यस्तो धम्कीपूर्ण इमेल आएपछि बैंकले सबै सिस्टम बन्द गरेको थियो ।

‘कसले र किन धम्की दियो भन्ने कुरा बुझ्न सकिएको छैन, तर हाम्रो सबै सिस्टम ठीक छ’ बैंकका कामु सीईओ अनुजमणि तिमल्सिनाले भन्नुभयो, ‘धम्की आइसकेपछि हामी अलर्ट बस्नै पर्‍यो, अहिले भने सबै ठीक देखिएकाले अब सिस्टम अन गर्छौं ।’

कसले र किन दियो भन्ने विषयमा पनि बुझ्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।