अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनलाइन माध्यमलाई पनि लोककल्याणकारी विज्ञापन दिने तयारी भइरहेको छ : सञ्चारमन्त्री कार्की

अनलाइन माध्यमलाई पनि लोककल्याणकारी विज्ञापन दिने तयारी भइरहेको छ : सञ्चारमन्त्री कार्की


काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनलाइन सञ्चारमाध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभएको छ ।

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले अनलाइन सञ्चारमाध्यमलाई पनि लोककल्याणकारी विज्ञापन दिने सरकारको नीतिलाई कार्यान्वयनमा लैजान सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभएको हो । ‘अनलाइन सञ्चार माध्यमलाई जवाफदेही र मर्यादित बनाउन आजको आवश्यक्ता हो,’ उहाँले भन्नुभयो, ‘वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवि पत्रकारहरुको पक्षमा सधैं उभिने छ । स्वतन्त्र पत्रकारितालाई प्रवर्द्धन, सम्वर्द्धन गर्ने कुरामा सरकारले भेदभाव नगर्ने यहाँहरुलाई आश्वस्त पार्न चाहन्छु ।’

प्रविधिमन्त्री कार्की भन्नुहुन्छ, ‘अनलाइन पत्रकारिताले व्यावसायिक, निष्पक्ष र मर्यादित पत्रकारितालाई अगाडि बढाइरहेको छ । भोलिका दिनमा पनि यस्तै कार्य अझ परिष्कृत रुपमा अघि बढन सकून् भन्ने अपेक्षा गर्दछु । विश्वसनीयता कायम गर्न, जवाफदेहीता कायम गर्न र यसलाई मर्यादित बनाउनका निमित्त तपाईंबाट विशेष पहल हुनेछ भन्ने मैले अपेक्षा लिएको छु । र, यसका निमित्त सरकारले र सञ्चार मन्त्रालयले तपाईंको साथमा रहेर काम गर्नेछ ।’