अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार नेपालका परिवारलाई सहयोग

पत्रकार नेपालका परिवारलाई सहयोग


सिन्धुपाल्चोक- पत्रकार नानीराम नेपालको परिवारलाई प्रेस चौतारी नेपाल सिन्धुपाल्चोक शाखाले रु ११ लाख हस्तान्तरण गरेको छ । स्व नेपालको ४५औँ पुण्यतिथिमा सो रकमको चेक शनिबार हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा प्रेस चौतारी नेपाल सिन्धुपाल्चोक र नेकपा (एमाले) बलेफी गाउँपालिका कमिटीले पनि उहाँको परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको थियो । यसैगरी कार्यक्रममा रेडियो मेलम्चीको तर्फबाट रु २० हजार रकम रेडियोका अध्यक्ष डम्बर रसिक भारतीले हस्तान्तरण गर्नुभयो । सो सभालाई नेकपा (एमाले)का नेता अरुण नेपाल, सरेश नेपाल, बलेफीका अध्यक्ष केदार क्षेत्री, बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पा, चौतारीका वरिष्ठ उपाध्यक्ष माधव नेपाललगायतले दुःख व्यक्त गर्दै परिवारमा पर्ने अप्ठ्यारोमा साथ दिनका लागि सधैँ तयार रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पत्रकार महासङ्घ र चौतारी सिन्धुपाल्चोक शाखाका सहसचिव नेपालको गत मङ्सिर २ गते ३१ वर्षका उमेरमा निधन भएको थियो ।