अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अवैध ढुंगा चोरी निकासी गर्ने ट्याक्टरलाई कारबाही

अवैध ढुंगा चोरी निकासी गर्ने ट्याक्टरलाई कारबाही


अर्घाखाँची – अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाबाट अवैध रूपमा ढुंगा चोरी निकासी गरिरहेको एक ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वडा नम्बर ८ रान्सिङ खोलाबाट अवैध ढुंगासहित प्रहरीले लु ४ त १३६१ नम्बरको ट्याक्टर नियन्त्रणमा लिई वडा कार्यालयमा पठाएकोमा वडा कार्यालयले २० हजार जरिवाना गरेको हो ।

अवैध रूपमा ढुंगा लोड गर्दै गरेको ट्याक्टरलाई सातमारा प्रहरीले गएराति १२ बजे खोलाबाटै नियन्त्रणमा लिएको हो ।