अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विमानस्थलबाट ‘गोरे’का भाइ पक्राउ

विमानस्थलबाट ‘गोरे’का भाइ पक्राउ


काठमाडौं – प्रहरीले ३३ किलो सुन प्रकरणका चुडामणि उप्रेती ‘गोरे’का भाइलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

आज साढे ३ बजेको फ्लाइटबाट काठमाडौं आइपुगेका मोरङ उर्लाबारी नगरपालिका-७ घर भएका रमेश उप्रेतीलाई प्रहरीले पक्राउ गरेको हो । ३३ किलो सुन तस्करी गरेको बाहिरिएपछि रमेश दुबई बस्दै आएका थिए ।

रमेश उप्रेती नेपाल फर्किँदै गरेको भन्ने प्रहरीले सूचना पाएको थियो। त्यसपछि रमेशलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रहरीले नियन्त्रणमा लिएको हो।

३३ किलो  सुन र सनम शाक्य हत्या काण्डका मुख्य अभियुक्त गोरेलाई जिल्ला अदालत मोरङले जन्मकैदको सजाय सुनाएको छ। गोरे अहिले कारागारमा छन्।   

रमेशमाथि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।