अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

होटलमा आगो लगाएको आरोपमा दुई जना पक्राउ

होटलमा आगो लगाएको आरोपमा दुई जना पक्राउ


कैलाली – होटेलमा आगो लगाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

धनगढीमाई नगरपालिका-११ मा धनगढीमाई नगरपालिका-१० का ३० वर्षीय गुंजेश्वर साहले सञ्चालन गरेको खुश्वु होटल एण्ड लजमा पेट्रोल छर्केर आगो लगाएको आरोपमा दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा धनगढीमाई नगरपालिका-१२ का २० वर्षीया लक्ष्मी बराल र बिष्णुपुर गाउँपालिका-२ बस्ने १९ वर्षीय धिरज कुमार यादव छन् ।

लेनदेनको विषयलाई लिएर उनीहरूले उक्त होटलमा आगो लगाएका हुन् । आगलागीबाट होटलको सामानहरू जलेर करिब  एक लाखभन्दा बढीको नोक्सान भएको छ ।