अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी अध्यक्ष प्रचण्डलाई पनि कोरोना संक्रमण

माओवादी अध्यक्ष प्रचण्डलाई पनि कोरोना संक्रमण


काठमाडौं  –  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि कोरोना संक्रमण भएको छ ।

स्वास्थ्यमा केही असहजता देखिएकोले हिजो बेलुकी पीसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको अध्यक्ष प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

अध्यक्ष प्रचण्ड अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको र स्वास्थ्य अवस्था सामान्य रहेको उहाँको स्वकीय सचिव गंगा दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो बीचमा उहाँको सम्पर्कमा रहनुभएका सबैले सतर्कता अपनाउनु हुन अनुरोध गर्दछौं । डाक्टरको सल्लाहअनुसार आइशोलेसनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको जानकारी गरॉउदछौं।’

माओवादी नेताहरुमा कोभिड संक्रमण देखिन थालेपछि प्रचण्डले पछिल्लो समय भेटघाट बन्द गर्नुभएको थियो ।