अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री देउवा पनि आइसोलेशनमा

अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री देउवा पनि आइसोलेशनमा


काठमामाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि आइसोलेशनमा बस्नुभएको छ। देउवा आज (शनिबार) देखि आइसोलेशनमा बस्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

शुक्रबार कोरोना संक्रमण पुष्टि भएका अध्यक्ष प्रचण्डसँग प्रधानमन्त्री देउवाको भेटघाट भएकाले प्रोटोकलअनुसार उहाँ आइसोलेटमा बस्न लाग्नुभएको उहाँको सचिवालयले जनाएको हो । उहाँ केहीदिन आइसोलेशनमा बसेर कोरोना परीक्षण गराएपछि मात्रै सार्वजनिक कार्यक्रममा निस्कने बताइएको छ ।

दुई दिनअघि बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा देउवा र प्रचण्ड सँगै हुनुहुन्थ्यो । बैठक बसेको भोलिपल्टै प्रचण्डलाई कोरोना पुष्टि भएपछि देउवालगायतका अन्य नेताहरु पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । तर देउवा आज बिहान एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट समेत पुग्नुभएको थियो ।