अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उदयपुरको अध्यक्षमा प्रमेश्वर घिमिरे

एमाले उदयपुरको अध्यक्षमा प्रमेश्वर घिमिरे


उदयपुर – नेकपा एमाले उदयपुरको अध्यक्षमा परमेश्वर घिमिरे चयन भएका छन् । एमाले उदयपुरको ८औं जिल्ला अधिवेशनले परमेश्वर घिमिरेको अध्यक्षतामा ११२ सदस्य नयाँ जिल्ला कमिटी चयन गरेका छन् ।

उपाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ सचिवमा कालु लामा, उपसचिवमा भरतबहादुर थापा उपसचिव टेकबहादुर राउतसहितको पाँच जनाको पदाधिकारीसहित ११२ जनाको जिल्ला कमिटी घोषणा गरेको छ ।पसचिवमा भरत थापा र टेकबहादुर राउत चयन भएका छन् ।

नयाँ नेतृत्व चयनका लागि अध्यक्ष मण्डल गठन गरेर सर्वसम्मतको प्रयास थालिएको थियो । अध्यक्षका आकाङ्क्षी धेरै भएकाले सर्वसम्मत नेतृत्व चयनमा समय लागेको अध्यक्ष मण्डलका अध्यक्ष एमालेका पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज मन्जुकुमारी चौधरीले बताउनुभयो ।

हलले सर्वसम्मत नेतृत्व चयनका लागि पार्टी पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज मन्जुकुमारी चौधरीको नेतृत्वमा अध्यक्ष मण्डल गठन गरिएको थियो । सबैको चाहना र भावना अनुरूप नेतृत्व सर्वसम्मत चयन गर्न सहमति खोजिएको बताउनुभयो । पार्टीमा गुटगत प्रवृत्तिको अन्त्य गर्न अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने तल्लोदेखि माथिल्लो तहसम्मका नेताहरूको दबाब रहेको अध्यक्ष मण्डलले जानकारी दिनुभयो । अध्यक्षका लागि परमेश्वर घिमिरे, कुशलबाबु बस्नेत, खड्गबहादुर परियार र कालु लामाले दाबी गर्दै आउनुभएको थियो ।

त्यसैगरी जिल्ला कमिटीमा खुल्लातर्फ ३३ जना, निर्वाचन क्षेत्रबाट ३० जना, पालिकाबाट २४ जना, आदिवासी जनजातिबाट ६ जना, श्रमिकबाट ६ जना, उत्पीडित समुदायबाट पाँच जना, थारु समुदायबाट पाँच जना, मधेसी मुस्लिमबाट दुई जना र लोपोन्मुखबाट एक जना गरी ११२ जनाको कमिटी चयन गरिएको नव निर्वाचित अध्यक्ष परमेश्वर घिमिरेले जानकारी दिनुभयो ।