अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंका सिडिओलाई कोरोना संक्रमण

काठमाडौंका सिडिओलाई कोरोना संक्रमण


काठमाडौं – काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोविन्द रिजाललाई कोरोना संक्रमण भएको छ ।

सोमबार पिसिआर परीक्षण गर्दा कोरोना देखिएको रिजालले जानकारी दिनुभयो ।

स्वास्थ्य अवस्था सामान्य रहे पनि कन्ट्याक्ट ट्रेसिङमा परेपछि परीक्षण गर्दा पोजेटिभ भएको उहाँले बताउनुभयो । कोरोना संक्रमणपछि उहाँ होम आइसोलेसनमा बस्नुभएको छ ।

रिजाललाई संक्रमण पुष्टि भएसँगै उहाँसँग केही दिनअघि सम्पर्कमा रहेका ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरु र कार्यालयका कर्मचारीहरु पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

काठमाडौं उपत्यकासहित देशभर केही दिनयता कोरोना संक्रमण दर बढेको छ ।