अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लागुऔषधसहित भारतीय नागरिक पक्राउ

लागुऔषधसहित भारतीय नागरिक पक्राउ


काठमाडौँ – नेपाल प्रहरीले काठमाडौँको नागढुङ्गाबाट लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।

वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको प्रदेश २-००३-००१ ख ३६२२ नम्बरको यात्रुबाहक बस चेकजाँचका क्रममा लागुऔषधसहित भारत विहारका २० वर्षीय प्रेमकुमार महतोलाई सोमबार महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पक्राउ परेका महतोले झोलामा लागुऔषध लिएर काठमाडौँभित्र प्रवेश गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको जानकारी दिनुभयो ।

प्रहरीले महतोसँग २०० एम्पुल नुर्फिन, २०० एम्पुल फेनार्गन र २०० एम्पुल डाइजेपाम बरामद गरेको हो । पक्राउ परेका महतोलाई लागुऔषध नियन्त्रण ऐन–२०३३ बमोजिम महानगरीय प्रहरी वृत्त थानकोटबाट अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।