अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री निवास बालुवाटारमा फैलियो कोरोना

प्रधानमन्त्री निवास बालुवाटारमा फैलियो कोरोना


प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा कोरोना संक्रमण तिब्र रुपमा फैलिएको छ ।

सोमबार प्रधानमन्त्री देउवासहित प्रधानमन्त्रीको निवास बालुवाटारमा कार्यरत सचिवालयका कर्मचारी, सुरक्षा पदाधिकारीको पीसीआर परीक्षण गराएका थिए । प्रधानमन्त्री देउवाको रिपोर्ट नेगेटिभ आएको थियो । तर प्रधानमन्त्रीको निवास बालुवाटारमा कार्यरत भान्से तथा दैनिक सुरक्षामा खटिएका अधिकारीलाई कोरोना पोजिटिभ देखिएको थियो ।

दैनिक सम्पर्क भएका व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि प्रधानमन्त्री देउवाले फेरि पीसीआर गर्न लाग्नुभएको छ । हाल क्वारेन्टिनमा रहेका देउवा बिहीबारको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको खण्डमा राजनीतिक भेटवार्तालाई निरन्तरता दिने बालुवाटार स्रोतले बताएको छ ।

प्रधानमन्त्री देउवाले केही दिनका लागि राजनीतिक भेटघाट तथा सरकारी औपचारिक सबै कार्यक्रम रद्द गर्नुभएको छ ।