अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं उपत्यकामा थपिए १९१६ संक्रमित

काठमाडौं उपत्यकामा थपिए १९१६ संक्रमित


काठमाडौं – काठमाडौं उपत्यकामा १९१६ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४४९, भक्तपुरमा १५० र ललितपुरमा ३१७ संक्रमित थपिएका छन्।

यस्तै काठमाडौं उपत्यकामा ८३९६ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५८४२, ललितपुरमा १५९१ र भक्तपुरमा ९६३ सक्रिय संक्रमित छन्।

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५५३ जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार बिहीबार पिसिआर परीक्षणबाट २ हजार ९२२  र एन्टिजेन परीक्षणबाट ६३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनामा कोरोना परीक्षण गरिएको थियो। बिहीबार देशभर १४ हजार ३४० जना कोरोनाका सक्रिय संक्रमित छन्।

कोरोना संक्रमणबाट १ जनाले ज्यान गुमाएका छन् ।