अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

थप ४ हजार ६३६ जनामा संक्रमण पुष्टि, ४ को मृत्यु

थप ४ हजार ६३६ जनामा संक्रमण पुष्टि, ४ को मृत्यु


काठमाडौं – देशभर थप ४ हजार ६३६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

१४ हजार ५५६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ७०३ र एन्टिजेन विधिबाट ९३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हिजो (शुक्रबार) ५ हजार ८७ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा थप ३५० जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख १६ हजार ३ जना सङ्क्रमणमुक्त भइसकेका छन् । सङ्क्रमित थपिएसँगै नेपालमा निको हुने दर ९६.१ प्रतिशतमा पुगेको छ ।

नेपालमा हाल सक्रिय सङ्क्रमितको पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना सङ्क्रमितको मृत्यु पनि भएको छ । कोभिड–१९ को मृत्युदर १.४ प्रतिशत रहेको नेपालमा हालसम्म ११ हजार ६१७ जनाको मृत्यु भइसकेको छ।