अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं उपत्यकामा थपिए २ हजार २१९ संक्रमित

काठमाडौं उपत्यकामा थपिए २ हजार २१९ संक्रमित


काठमाडौं – काठमाडौं उपत्यकामा २ हजार २१९ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ५९१, भक्तपुरमा १४२ र ललितपुरमा ४८६ संक्रमित थपिएका छन् ।

यसैगरी, काठमाडौं उपत्यकामा १२८१४ सक्रिय संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ९०६१, ललितपुरमा २३८२ र भक्तपुरमा १३७१ सक्रिय संक्रमित छन्।

देशभर पछिल्लो २४ घण्टामा ४ हजार ६३६ जना कोरोना संक्रमित थपिएका छन्। यो हिजोको भन्दा कम संक्रमित संख्या हो। हिजो एकै दिन ५ हजार ८७ जनामा संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार शनिबार पिसिआर परीक्षणबाट ३ हजार ७०३  र एन्टिजेन परीक्षणबाट ९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। १४ हजार ५५६ जनामा कोरोना परीक्षण गरिएको थियो।

देशभर २१ हजार ५८४ जना कोरोनाका सक्रिय संक्रमित छन्। आज कोरोना संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन्।

यस्तै ३५० जना संक्रमणबाट मुक्त भएका छन्।