अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

२४ घण्टामा तेस्रो लहरको नयाँ उचाइमा संक्रमण

२४ घण्टामा तेस्रो लहरको नयाँ उचाइमा संक्रमण


काठमाडौं– नेपालमा गत २४ घण्टामा संक्रमित संख्या तेस्रो लहरको नयाँ उचाइमा पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर १७४६५ जनामा गरिएको नमूना परीक्षणमा ६७३४ जनामा पोजिटिभ केस देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट तीन जनाको मृत्यु भएको छ ।

हालसम्मको मृत्यु संख्या ११ हजार ६२३ छ ।

मन्त्रालयका अनुसार थप ५४७ जना संक्रमणमुक्त भएका छन् ।

हाल मुलुकभर ३० हजार ८७७ सक्रिय संक्रमित छन् ।

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख १६ हजार ९८५ पुगेको छ ।