अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पहिला जुन खोप लगाएका छौँ, त्यही लगाउनुहोस् : स्वास्थ्य मन्त्रालय

पहिला जुन खोप लगाएका छौँ, त्यही लगाउनुहोस् : स्वास्थ्य मन्त्रालय


काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो वा बुस्टर डोजका रुपमा पहिल्यै लगाएको खोप लगाउन आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार अर्को खोप लगाउँदा शरीरमा फरक प्रतिक्रिया आउन सक्ने भएकाले यस्तो सिफारिस गरिएको हो । उहाँ भन्नुहुन्छ, ‘पहिला जुन खोप लगाएका छौँ, त्यही लगाउन सिफारिस गरेका छौं । एउटा खोप लगाएकोमा अर्को मिसाउने सिफारिस गरेका छैनौँ ।’

सहप्रवक्ता अधिकारीका अनुसार कोभिशिल्ड र अस्ट्रजेनेका खोपको बनावट एउटै हो । त्यसैले अस्ट्राजेनेकाको ठाउँमा कोभिशिल्ड, कोभिशिल्डको ठाउँमा अस्ट्रजेनिका लगाउँदा फरक पर्दैन । तर कोभिशिल्ड वा अस्ट्रजेनेका लगाएको व्यक्तिमा भेरोसेल लगाउन सरकारले सिफारिस नगरेको सहप्रवक्ता अधिकारीले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, ‘भ्याक्सिनले गर्ने प्रतिक्रिया फरक हुन सक्छ । त्यसले शरीरभित्र अरु प्रतिक्रिया जनाउन सक्छ । त्यसैले सबै जनालाई जे खोप पहिला लगाएका छौँ, त्यही खोप नै अतिरिक्त मात्राका रुपमा लगाउन अनुरोध गर्दछु ।’