अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपत्यकामा तीन जिल्लामा थपिए ५ हजार २९९ संक्रमित

उपत्यकामा तीन जिल्लामा थपिए ५ हजार २९९ संक्रमित


काठमाडौं – काठमाडौं उपत्यकाका तीन जिल्लामा ५ हजार९९ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अपडेट अनुसार काठमाडौंमा सबैभन्दा धेरै ४ हजार २७९, ललितपुरमा ५६७ र भक्तपुरमा ४५३ जनालाई संक्रमण भएको छ।

यस्तै काठमाडौं उपत्यकामा ४२ हजार ५६ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३०६८८, ललितपुरमा ७१४५ र भक्तपुरमा ४२२३ सक्रिय संक्रमित छन्।

काठमाडौं उपत्यकापछि प्रदेश १ का झापा, मोरङ, सुनसरीमा उच्च संक्रमण देखिएको छ। उता गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा पनि कोरोना उच्च गतिमा फैलिएको छ।

पछिल्लो २४ घण्टामा २३ हजार परीक्षण हुँदा १० हजार ७३० जना कोरोना संक्रमित थपिएका मन्त्रालयले जानकारी दिएको छ।