अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको सम्बोधन रस, दृष्टिकोण र भावना नभएको गुनगुन ! : कोमल वली

प्रधानमन्त्रीको सम्बोधन रस, दृष्टिकोण र भावना नभएको गुनगुन ! : कोमल वली


काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य एवं गायिका कोमल वलीले प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधनमा कुनै दृष्टिकोण नआएको टिप्पणी गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो ६ महिने कार्यकालमा गरेका काम कारवाही प्रगति विवरण सुनाउनुभएको थियो ।

त्यसका टिप्पणी गर्दै वलीले रस र भावना नभएको गुनगुन भन्नुभएको छ ।

वली भन्नुहुन्छ- ‘प्रधानमन्त्रीको सम्बोधनमा न कुनै रस छ, न कुनै दृष्टिकोण छ । न कुनै भावना, न कुनै भविश्य छ । केवल गुनगुन मात्र छ । यसले मुलुकलाई कही पुर्‍याउँदैन ।’