अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तेस्रो लहरमा मृत्युले लियो उचाइ

तेस्रो लहरमा मृत्युले लियो उचाइ


काठमाडौं– कोरोना भाइरसको तेस्रो लहर भएपछि गत २४ घण्टामा मृत्यु संख्यामा नयाँ रेकर्ड कायम भएको छ ।

संक्रमण बढे पनि मृत्यु स्थिर रहेकोमा पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म देशमा ११ हजार ६५१ जना सङ्क्रमितले ज्यान गुमाइसकेका छन् ।

पछिल्लो एक साताको रेकर्ड हेर्ने हो भने गत माघ १ गते ४ जनाको मृत्यु भएको थियो । त्यसपछि क्रमशः ३, ३, १, ४, ४ र ३ जनाको मृत्यु भएको थियो ।

पछिल्लो २४ घण्टामा देशभर थप १० हजार २५४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

यही अवधिमा थप ७०८ जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख २० हजार २८३ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

देशभर हाल ७२ हजार ८६२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।