काठमाडौं – राष्ट्रिय युवा संघ नेपालले नवौं महाधिवेशन आयोजक कमिटीलाई अन्तिम रुप दिई सर्कुलर जारी गरेको छ ।
नवौं महाधिवेशन आयोजक कमिटीका संयोजक किरण पौडेलले आज पोखरामा सम्पन्न केन्द्रीय सचिवालयको बैठकले गरेको निर्णयलाई अन्तिम रुप दिई सर्कुलर जारी गर्नुभएको हो ।
सर्कुलरअनुसार ४०५ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाइएको छ । संयोजक पौडेलका अनुसार युवा संघ इञ्चार्ज एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको सहजीकरणमा महाधिवेशन आयोजक कमिटीलाई पूर्णता दिइएको हो । पूर्णता दिँदा बिशेष मापदण्ड बनाइएको छ । आयोजक कमिटीको सहसंयोजकमा सञ्जीवकुमार झा र क्रान्ति बुर्लाकोटी रहनुभएको छ भने ३२ वटा विभागको प्रमुख तथा प्रदेश इञ्चार्ज तोकिएको छ ।
युवा संघका प्रचार विभाग प्रमुख माहाराज गुरुङले सवै सन्तुलन मिलाएर आयोजक कमिटीलाई पूर्णता दिई कार्यान्वयनका लागि विशेष सर्कुलर जारी गरिएको बताउनु भयो ।
प्रतिक्रिया