अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रचण्ड पत्नी सीता दाहाललाई कोरोना पुष्टि, आईसीयूमा उपचार

प्रचण्ड पत्नी सीता दाहाललाई कोरोना पुष्टि, आईसीयूमा उपचार


काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उहाँलाई मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार जारी राखिको छ ।

अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार दुई दिनअघि गरिएको पिसीआर परीक्षणमा उहाँमा कोरोना सङ्क्रमणको पुष्टि भएको हो । हाल उहाँको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उहाँको स्वास्थ्यमा सकारात्मक सुधार भइरहेको छ ।

लामो समयदेखि पार्किन्सस रोगका कारण पीडित उहाँ कोरोना सङ्क्रमणपछि विगत तीन दिनदेखि मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ। उहाँलाई थप केही दिन अस्पतालमा नै राखेर उपचार गरिने बताइएको छ ।