अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनावको मिति घोषणा र मन्त्री रेणुलाई बर्खास्त गर्न माग गर्दै युवा संघ धनुषाको प्रदर्शन

चुनावको मिति घोषणा र मन्त्री रेणुलाई बर्खास्त गर्न माग गर्दै युवा संघ धनुषाको प्रदर्शन


जनकपुरधाम – नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल धनुषाले आगामी चुनावको मिति घोषणा र भौतिक पूर्वाधारमन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेको छ ।

युवा संघ नेपालका कार्यकर्ताले आज जनकपुरधाममा गठबन्धन सरकारविरुद्ध नाराबाजी गर्दै जुलुस निकालेका छन् । जुलुसमा सहभागीहरुले ‘नरसंहारवादी मन्त्री रेणु यादवलाई बर्खास्त गर, निर्वाचनको मिति घोषणा गर, देउवा सरकार, अपराधी सरकार चाहिँदैन’ जस्ता नारा लगाएका छन् ।

जनकपुरधामको विभिन्न भागमा परिक्रमा पश्चात जुलुस जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । जुलुसमा सहभागी हुन गाउँगाउँबाट एमाले कार्यकर्ता जनकपुरधाम आएका थिए ।

मन्त्री यादवलाई बर्खास्त गर्नुपर्ने माग राखेर दुई दिनअगाडी पनि युवा संघले जनकपुरधाममा प्रदर्शन गरेको थियो ।