अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रोल्पाबाट गाई काटेको अभियोगमा दुई जना पक्राउ

रोल्पाबाट गाई काटेको अभियोगमा दुई जना पक्राउ


रोल्पा – रोल्पाको सुनिलस्मृति गाउँपालिका-८ अरेश धाराखर्क बस्ने २९ वर्षीय दुर्गा पुन मगर र ४१ वर्षीय वल बहादुर पुनलाई गाई काटेको अभियोगमा शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा गाई काटी खाईरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा दुवैको घरबाट ४-४ केजी मासु फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।