अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोकुल बास्कोटाको प्रश्न : माओवादीको डिजाइनमा काँग्रेस सर्वसत्तावादी बाटोमा लागेको हो ?

गोकुल बास्कोटाको प्रश्न : माओवादीको डिजाइनमा काँग्रेस सर्वसत्तावादी बाटोमा लागेको हो ?


काठमाडौं – नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री गोकुल बास्कोटाले माओवादीको डिजाइनमा काँग्रेस सर्वसत्तावादी बाटोमा लागेको बताउनुभएको छ ।

सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले नियन्त्रित अराजकताको पहिलो अध्याय जनताको मताधिकार खोसेर सुरु भएको भनेर प्रश्न गर्नुभएको छ । गठबन्धनका पाँच दल मध्ये यसको उत्तर काँग्रेसले दिनुपर्ने बास्कोटको माग छ ।

बास्कोटा लेख्नुहुन्छ ‘डेमोक्रेसी माओवादी डिजाइनमा निर्मित गरिएको इन्जिनमा फ्यूल भरेर देउवाको सर्वसत्तावादी राजमार्ग हुँदै रकेटको गतिमा काठमाडौं डेलिमाको ब्ल्याकहोलतर्फ प्रस्थान गरेकै हो त ? नियन्त्रित अराजकताको पहिलो अध्याय जनताको मताधिकार खोसेर सुरु हुन लागेको हो ? पञ्चभैया मध्ये काँग्रेसले जवाफ देउ ।’