अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्र सोलुखुम्बु अध्यक्षमा असिम राई

माओवादी केन्द्र सोलुखुम्बु अध्यक्षमा असिम राई


सोलुखुम्बु – नेकपा माओवादी केन्द्र सोलुखुम्बु अध्यक्षको जिम्मेवारी पार्टी सचिव असिम राईलाई दिइएको छ ।

माओवादी केन्द्रको १ नम्बर प्रदेश कमिटिको दोस्रो पूर्ण बैठकले राईलाई पार्टी अध्यक्षको जिम्मेवारी दिएको हो ।

यस अघिको जिल्ला कमिटीको पदाधिकारीहरुको जिम्मेवारी हेरफेर गर्दै थुलुङदुधकोशी गाउँपालिकाका निर्वाचित अध्यक्ष समेत रहेका राईलाई पार्टी अध्यक्षको जिम्मेवारी दिइएको हो ।

आफुले पटक पटक जिल्लाको नेतृत्व गरिसकेकाले पार्टी भित्रै नेतृत्व हस्तान्तरणका लागि पनि अध्यक्षमा राईलाई अगाडी सारिएको निवर्तमान अध्यक्ष गोम्बु शेर्पाले बताउनुभयो ।

सचिवको जिम्मेवारी भने जिल्ला कमिटीको पहिलो बैठकले टुंग्याउने छ । प्रदेश कमिटी बैठकले पार्टी सह-इन्चार्जको जिम्मेवारी प्रदेश किमिटि सदस्य ठमनाथ पराजुली (ध्रुव)लाई दिइएको छ । पराजुली यसअघि जिल्ला कमिटी उपाध्यक्ष रहेका थिए ।

जिल्ला ईन्चार्ज भने यसअघि देखि नै पार्टी केन्द्रिय सदस्य एवं संघीय सांसद हेमकुमार राई ‘सुरविर’ रहेका छन् ।