अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजको मौसम : केही स्थानमा बदली,केहीमा हल्का वर्षा

आजको मौसम : केही स्थानमा बदली,केहीमा हल्का वर्षा


काठमाडौं -पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले आज बिहान सुदूरपश्चिम र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली छ। साथै सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो भन्नाले बिहान १०र११ बजेदेखि साँझ ६ बजेसम्मको अवधि देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

यस्तै आज राति देशका पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी स्थानमा आंशिक बदली रहनेछ। देशका पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ भने देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुन सम्भावना रहेको महाशाखाले जनाएको छ।