अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीमा राष्ट्रिय सभा निर्वाचनको मतदान सम्पन्न

कर्णालीमा राष्ट्रिय सभा निर्वाचनको मतदान सम्पन्न


सुर्खेत – राष्ट्रिय सभा सदस्य चयनका लागि कर्णाली प्रदेशमा मतदान सम्पन्‍न भएको छ ।

तीन सिटका लागि कर्णालीमा भएको मतदानमा १९१ मतदातामध्ये १८९ जनाले मतदान गरेका छन् । प्रदेश सभा सदस्य १ जना र पालिकाका उपप्रमुख १ जना मतदानमा अनुपस्थित भएको प्रदेश निर्वाचन कार्यलयले जनाएको छ ।

कर्णाली प्रदेशमा प्रदेश सदस्य र स्थानिय तहका प्रमुख-उपप्रमुख, अध्यक्ष-उपाध्यक्षसहित १९१ जना मतदाना रहेका छन् । स्थानिय तहका १५६ जना र प्रदेश सभा सदस्य ३५ जना छन् । प्रदेशमा जम्मा मतभार ४४ सय ८८ रहेको छ ।

प्रदेश राजधानी वीरेन्द्रनगरस्थित निर्वाचन कार्यालय परिसरमा बिहान ९ बजेदेखि शुरु भएको मतदान ३ बजे सम्पन भएको हो । प्रदेशमा तीन सिटका लागि भएको निर्वाचनमा सत्ता गठबन्धन र नेकपा एमालेका उमेदवारबीच प्रतिस्पर्धा छ ।

गठबन्धनको तर्फबाट कांग्रेसकी दुर्गाकुमारी गुरुङ (जुम्ला), नेकपा माओवादी केन्द्रका नरबहादुर बिष्ट (सुर्खेत) र नेकपा एकिकृत समाजवादीका उदय बोहोरा (सल्यान) उम्मेदवार रहेका छन् ।

त्यस्तै एमालेबाट सुर्खेतका चुडामणी शर्मा (खुला), जुम्लाकी गंगा महत (महिला) र दैलेखका पदमबहादुर माझी (अल्पसंख्यक) उम्मेदवार रहेका छन् ।