अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभामा लुम्बिनीबाट गैरे निर्वाचित

राष्ट्रियसभामा लुम्बिनीबाट गैरे निर्वाचित


बुटवल – राष्ट्रियसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे निर्वाचित हुनुभएको छ ।

आज भएको मतगणना अनुसार गैरेले प्रदेशसभाको ४५ र स्थानीय तहको प्रमुख र उपप्रमुख गरी १२३ जनप्रतिनिधिको मत पाएका छन् ।

उहाँको प्रतिस्पर्धी नेकपा एमालेकी भारती खनाल उपाध्यायले प्रदेशसभाको ३६ र स्थानीय तहका ८८ जनप्रतिनिधिको मत पाएको निर्वाचन कार्यालयले जनाएको छ ।

लुम्बिनीमा अन्य र दलित सदस्य चयनका लागि पनि मतदान भएको थियो । जसको मतगणना चलिरहेको निर्वाचन कार्यालयले जनाएको छ ।