अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभामा प्रदेश १ बाट जयन्ती राई निर्वाचित

राष्ट्रियसभामा प्रदेश १ बाट जयन्ती राई निर्वाचित


विराटनगर – राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट महिलातर्फ जयन्ती राई निर्वाचित हुनुभएको छ ।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएको एकीकृत समाजवादी पार्टीको राई बिजयी हुनुभएको हो । उहाँले ४ हजार ६९२ मतभार पाएका छन् । नेकपा एमालेबाट उम्मेदवार बन्नुभएको सावित्रा भण्डारीले ४ हजार ३६२ मत प्राप्त गर्नुभएको थियो ।

राप्रपाकी रन्जु प्याकुरेल १२० मत पाएका छन् । तीन मत बदर भएको छ ।