अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा चुनाव : सुदूरपश्चिमबाट गरिमा शाह

राष्ट्रियसभा चुनाव : सुदूरपश्चिमबाट गरिमा शाह


कैलाली – राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट गरिमा शाह विजयी हुनुभएको छ । शाह नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्जसमेत हुन् ।

उहाँ सत्ता गठबन्धनबाट महिलातर्फबाट उम्मेदवार हुनुहुन्थ्यो । शाह प्रदेशसभातर्फ १ हजार ८७२ मतभार र स्थानीय तहतर्फ १ हजार ९६२ मतभार पाएर निर्वाचित हुनुभएको हो ।

एमाले उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ ११५२ मतभार प्राप्त गरेका छन्।