अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ मा गुरु बराल र गोपाल बस्नेतको मत बराबर

प्रदेश १ मा गुरु बराल र गोपाल बस्नेतको मत बराबर


प्रदेश १ को राष्ट्रिय सभा चुनावमा एमालेका गुरु बराल र काँग्रेसका उम्मेदवार गोपाल बस्नेतको मत बराबर भएको छ ।

बुधबार साँझ सम्पन्न मतगणनामा बराल र बस्नेतको मत बराबरी आएको हो।  एमाले उम्मेदवार बराल र नेपाली कांग्रेसका उम्मेदवार बस्नेतले बराबर ४४८८ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ ।

बस्नेतले प्रदेशसभाका ५० र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ११६ मत प्राप्त गरे । बरालले प्रदेशसभाबाट ३८ र स्थानीय तहबाट १४८ मत प्राप्त गरे । अब विजेता चयनका लागि गोला प्रथा गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

राप्रपाका अमरबहादुर थापाले प्रदेशमा २ र स्थानीय तहमा ४ मत प्राप्त गरे । जसकाे मतभार १६८ छ ।

प्रदेश १ मा ३ सिटका लागि भएको मतदानमा एमाले र एकीकृत समाजवादीका उम्मेदवार विजयी भएकामा बराल र बस्नेतको भने बराबर मत आएको हो ।

एमालेबाट सोनाम ग्याल्जेन शर्मा र नेकपा एकीकृत समाजवादीबाट जयन्ती राई विजयी भएका हुन् ।